०७ असार २०८३, आइतबार

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

पुस २८, २०८१
धरान
भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुनसरीको धरानबाट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । 

धरान उपमहानगरपालिका-१९ हरियाली चारकोसे जंगलबाट एक थान भरुवा बन्दुक, भरुवा बन्दुकमा लाग्ने फलामको गोली तीन थान, टोटा बन्दुकको गोली दुई थान, बारूद र खुकुरी एक थानसहित इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरी समेत ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा ४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई शनिबार राति पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्