२९ असार २०८३, सोमबार
सहकारी ठगी प्रकरण

रविका विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात

माघ २, २०८१
काठमाडौं
रविका विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितका पक्षबाट बहस गरेर काठमाडौं जिल्ला अदालत बाहिर निस्किएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको छ । 

सहकारी ठगी मुद्दाका प्रतिवादी एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३९ जना प्रतिवादीविरुद्ध बुधबार भएको थुनछेक बहसमा त्रिपाठीले पीडितका तर्फबाट बहस गरेका थिए । 

अदालतबाहिर रविका समर्थकले नाराबाजी गर्दै त्रिपाठीलाई धक्कामुक्का गरेका थिए । त्रिपाठी भूइँमा लडेपछि भीडबाटै केही युवा र प्रहरीले घेरा हालेर उनको उद्धार गरेका थिए । 

त्रिपाठीले लोकान्तरसँग भने,‘म पीडितका पक्षबाट बहस गरेर अदालत बाहिर निस्किएका बेला हातपात भएको हो, मेरो करङमा चोट लागेको छ । धन्न प्रहरी र केही युवाले रेस्क्यू गरे ।’ 

उनले यो घटनालाई निर्लज्ज आपराधिक गतिविधिसँग तुलना गरेका छन् । ‘कानूनी राज्यमा यो भन्दा निर्लज्ज आपराधिक घटना के हुनसक्छ ?’, त्रिपाठीले भने । 

salt training

कमेन्ट गर्नुहोस्