३१ असार २०८३, बुधबार

राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

माघ २, २०८१
काठमाडौं
राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । 

उनले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । 

यसैगरी, राष्ट्रपतिले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई गणतन्त्र भियतनाम र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई बुधबार उक्त पदमा नियुक्त गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्