०२ असार २०८३, मंगलबार

सुनसरीका पर्यटकीय स्थलमा वनभोजका लागि आउनेको लर्को

माघ ३, २०८१
सुनसरी
सुनसरीका पर्यटकीय स्थलमा वनभोजका लागि आउनेको लर्को
फाइल फोटो

सुनसरीका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलमा हिउँद यामसँगै वनभोजका लागि आउनेको लर्को लाग्न थालेको छ ।

अर्ना र चराका लागि प्रसिद्ध कोशी टप्पु वन्यजन्तु आरक्षसहित बर्जु ताल, २२ बिघा, अन्य ताल तलैयालगायतका स्थानमा वनभोज खान आउनेको लर्को लाग्न थालेको हो ।

पूर्वाधार निर्माणसँगै यातायात सुविधा पुगेपछि वनभोज खान आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय मिथलेश यादवले बताए । कोशीटप्पु वन्यजन्तु आरक्ष र बर्जु तालमा बिदाका दिन पाँच देखि १० समूहसम्म वनभोजका लागि आउने गरेका छन् ।

यहाँका सबै वनभोज स्थलमा पानीको सुविधा पुर्‍याइएको छ । मनोरम दृश्य हेर्न सकिने र व्यवस्थितसमेत भएकाले वनभोजका लागि आकर्षक थलो बनेको स्थानीय व्यवसायी कृष्ण श्रेष्ठको भनाइ छ । 

वनभोज खान आउनेलाई ध्यानमा राखी खानेपानी, शौचालय र प्रतिक्षालयसमेत निर्माण गरिएको छ ।

कोशी टप्पुमा वनभोजसँगै विभिन्न चराको अवलोकन गर्नुका साथै अर्ना, हात्ती जस्ता जङ्गली जनावरसमेत अवलोकन गर्न आउने गरेको आरक्ष क्षेत्रका स्थानीयवासी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्