२९ जेठ २०८३, शुक्रबार

१ करोड ६६ लाख रुपैयाँ लागतमा विद्यालय भवन बन्दै

माघ ४, २०८१
सर्लाही
१ करोड ६६ लाख रुपैयाँ लागतमा विद्यालय भवन बन्दै

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ९ स्थित ईश्वरपुर बेला माध्यमिक विद्यालयको आठ कोठे भवन शिलान्यास गरिएको छ । 

एक विशेष समारोहका बीच नेपाली कांग्रेसकी नेत्री तथा प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले उक्त विद्यालय भवन निर्माणको शिलान्यास गरेकी हुन्। सहरी विकास मन्त्रालय  तथा ईश्वरपुर नगरपालिकाको लागत साझेदारीमा निर्मित हुने भवन १ करोड ६६ लाख ७८ हजार ३ सय ९८ रुपैयाँ ७७ पैसामा निर्माण हुने  छ । विद्यालय भवन २०८२ कार्तिक १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

null

कार्यक्रम चौधरीले विद्यालयमा अध्ययनरत छात्र छात्राको लागि ५ वटा कम्प्युटर आफ्नो व्यक्तिगत खर्चमा दिने घोषणा समेत गरिन् । उनले ईश्वरपुरमा एम्बुलेन्स, स्कुल बस, स्यानेटरी प्याड दिने मेसिन तथा मास्टर डिग्री अध्यापन हुने गरी कक्षाको वृद्धि गरिने बताइन् । 

 आफूले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिएर काम अघि सारेको बताउँदै उनले ईश्वरपुरमा यस्ता विकासको लागि निरन्तर पहल गरिरहने बताइन् । 

‘स्यानेटरी प्याडको मेसिन हरेक वडामा राखिने छ, त्यसबाट एक दुई जना रोजगारी पनि हुने छन् भने विद्यार्थीहरू तथा महिलाहरूले निःशुल्क रूपमा स्यानेटरी प्याड लिन सक्ने छन्’, उनले भनिन् । 

null१९ वर्ष समाजसेवापछि जनताको भावना अनुसार नै आफू राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले विकास निर्माणको कार्य प्रति आफू सजग भएको बताइन् ।

ईश्वरपुर नगरप्रमुख मनोज कुमार आचार्यले स्थानीय विद्यार्थीहरूलाई गाई, बाख्रा चराएर पनि मास्टर डिग्री पढ्न पाउने वातावरण बनाउन आफू लागिपरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्