
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार लेबनानमा इजरायली सैन्य अभियान रोक्न आह्वान गरेका छन् ।
दक्षिणी लेबनानमा रहेको संयुक्त राष्ट्र सङ्घको अन्तरिम बल (युनिफिल) को मुख्यालयमा शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै गुटेर्रेसले भने,“इजरायलको रक्षा बलद्वारा युनिफिल क्षेत्रभित्रको निरन्तर कब्जा र लेबनानी क्षेत्रमा सैन्य कारबाही चलाउनु उल्लङ्घन हो । यो सुरक्षा को लागी एक निरन्तर खतरा हो । उनीहरू रोकिनुपर्छ ।”
“हामीले लेबनानी सशस्त्र सेनालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह जारी राख्नेछौं । अगाडिको बाटो चुनौतिहरूले भरिएको छ,” उनले भने ।
गुटेरेसले हिजबुल्लाह–इजरायल द्वन्द्वको समयमा शान्ति सैनिकहरू विरुद्ध आक्रमणको पनि आलोचना गरे।
गुटेरेस औपचारिक भ्रमणमा बिहीबार बेरुत पुगेका थिए ।