
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार रुपन्देहीको भैरहवा पुगेका छन् ।
रुपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सुनुवाइका लागि उनी भैरहवा पुगेका हुन् ।
सरकारी वकिल कार्यालयले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो। बुधबार बिहान उनी अदालतमा हाजिर हुने तयारीमा छन् ।
बुटवलको सुप्रिम सहकारीबाट उनको नाममा दुई करोड कर्जा गएको देखिएको र उनी गोरखा मिडियाको सञ्चालक हुँदा सहकारीबाट करिब १० करोड गएको आधारमा उनलाई प्रतिवादी बनाइएको छ ।
यसअघि कास्की र काठमाडौंमा दायर गरिएका मुद्दामा लामिछाने धरौटीमा छुटेका थिए ।
गोरखा मिडियामा आबद्ध भएकै आधारमा सहकारी ठगीको मुद्दा दायर गरिएको भन्दै रास्वपाले भने राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ ।