३१ असार २०८३, बुधबार

चिकित्सकले भने- अस्पताल ल्याउनुभन्दा तीन घण्टा अघि नै प्रकाशको निधन

चिकित्सकले भने- अस्पताल ल्याउनुभन्दा तीन घण्टा अघि नै प्रकाशको निधन

काठमाडौं, ३ मंसिर –  नर्भिक अस्पतालले पत्रकार सम्मेलन गरेर माओवादी अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललाई मृत घोषणा गरेको छ । अस्पतालले केहीबेर अघि पत्रकार सम्मेलन गरेर मृत घोषणा गरेको हो ।


नर्भिक अस्पतालका डाक्टर जयप्रकाश जैसवालले  दाहालको अस्पताल ल्याउनुभन्दा तीन घण्टा अघि नै निधन भएको बताए । उनले दाहाललाई अस्पताल ल्याइँदा उनको शरीर कडा भएको, आँखाको नानी सानो भएको, इसिजि गर्दा मुटुमा कुनैपनि गतिविधि नभएको बताए । 


सोही कारणले आफूहरुले दाहाललाई विहान ६  बजे नै मृत घोषणा गरेको बताए ।

प्रचण्ड झापाबाट नर्भिक अस्पताल अाएपछि मात्र अस्पतालले प्रकाशको अवस्था जानकारी दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्