
शिक्षकलाई पनि निजामती कर्मचारी सरह उपचारमा छुट दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको छ ।
यो प्रस्ताव मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पठाइसकेको छ । केही समयअघि शिक्षा मन्त्रालयले स्वास्थ्यलाई पठाएको प्रस्तावमा शिक्षकलाई उपचारमा ४० प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।
तर, छुट पाउन सरकारी अस्पतालमा उपचार गराउनुपर्ने र मुलुकभर जहाँको अस्पतालमा उपचार गराए पनि हुने प्रस्ताव
गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताइन् । गोरखापत्रमा खबर छ ।