०२ साउन २०८३, शनिबार

पासाङलाई उत्पादन विभागको जिम्मेवारी दिइने

माघ २१, २०८१
काठमाडौं
पासाङलाई उत्पादन विभागको जिम्मेवारी दिइने

नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई उत्पादन विभागको जिम्मेवारी दिने भएको छ । सोमबार बसेको सो पार्टीको पदाधिकारी बैठकमा पासाङलाई उक्त विभागको जिम्मेवारी दिनेबारे सकारात्मक छलफल भएको नेता हरिबोल गजुरेलले जानकारी दिए । 

अध्यक्ष प्रचण्डले यसबारे थप गृहकार्य गरेर पासाङसहितका सबै नेताहरूको जिम्मेवारी ठोस गर्ने बताइएको छ । यसबारे केही दिनमा पार्टीले मातहतका कमिटीलाई सर्कुलर पठाउने बताइएको छ । 

पूर्वउपराष्ट्रपति पासाङले आफू राजनीतिमा सक्रिय हुन चाहेको बताउँदै पार्टीमा जिम्मेवारी माग गर्दै आएका छन् । गत केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले सर्कुलरमार्फत पासाङसहितका नेताहरूको जिम्मेवारी ठोस गर्ने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्