२८ जेठ २०८३, बिहीबार

धरानबाट चार क्विन्टलभन्दा बढी गाँजा बरामद

माघ २२, २०८१
काठमाडौं
धरानबाट चार क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रहरीले सुनसरीको धरानबाट चार क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । 

गएराति धरान उपमहानगरपालिका-६ पानमाराबाट अवैध लागूऔषध गाँजा करिब ४ सय १० किलोग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा १५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

यसैगरी सुनसरी, हरिनगर गाउँपालिका-६ स्थित बाँसबारीबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सोमबार बेलुकी प्रहरीले बरामद गरेको छ । 

प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखेको सुटकेसबाट उक्त गाँजा फेला पारी बरामद गरेको जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्