२१ असार २०८३, आइतबार

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री थापा

माघ २२, २०८१
पर्वत
कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन समयमै हुने बताएका छन् । पर्वतको पैँयू गाउँपालिकास्थित हुवासमा आज आयोजित नेपाली कांग्रेस पर्वत क्षेत्र ‘ख’ को प्रथम क्षेत्रीय सम्मेलनमा उनले महाधिवेशन विसं २०८२ मङ्सिरभित्रै गर्नुपर्ने व्यवस्थाअनुसार नै हुने बताए । 

पछिल्लो समय विसं २०८४ को आम चुनावपछि महाधिवेशन हुने चर्चा चलिरहेको भन्दै महामन्त्री थापाले महाधिवेशनलाई लामो समय गुजार्न नहुने तर्क गरे । 
महामन्त्री थापाले  मुलुकको विकासका लागि कांग्रेस नेतृत्वमा थुप्रै काम भए पनि प्रचार गर्न नसकिएको धारणा राखे । उनले अबको १० वर्षमा नेपाललाई समृद्ध बनाउने गरी पार्टीले सुशासन, स्थायित्व र विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। 

महामन्त्री थापाले सरकारले कामको गति बढाउनुपर्ने आवश्यकता औँल्याए । 

salt training

कमेन्ट गर्नुहोस्