२२ असार २०८३, सोमबार

वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न १५ वर्षको अनुभव भए पुग्ने

माघ २३, २०८१
काठमाडौं
वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न १५ वर्षको अनुभव भए पुग्ने

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विधेयकको प्रस्तावित व्यवस्थालाई संशोधन गरेर वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न १५ वर्षको अनुभव भए पुग्ने व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । 

नेपाल कानुन व्यवसायी परिषद् ऐनमा १५ वर्ष सेवा र सहयोग गरेमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि दिन सक्ने व्यवस्था छ ।

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न २५ वर्ष सो क्षेत्रमा अनुभव भएको हुनुपर्ने प्रस्ताव गरिएको छ । 

समितिको मङ्गलबारको बैठकमा सदस्यहरूले योग्यता थप्न सकिने भए पनि अनुभवलाई बढाइनु उपयुक्त नहुने धारणा राखेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्