०३ असार २०८३, बुधबार

बुटवलमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

माघ २४, २०८१
बुटवल
बुटवलमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवलमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

बुटवलको नेपालगञ्ज रोडमा पश्चिमतर्फ आउँदै गरेको लु २ ख ३३३६ नम्बरको टिप्परले लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा युवाको मृत्यु भएको हो । 

टिप्परको ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालकलाई स्थानीयले उपचारका लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए । अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका भएका थिए । 

मृतकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

डीएसपी पण्डितका अनुसार मोटरसाइकललाई ठक्कर दिने टिप्पर र चालक तिलोत्तमा नगरपालिका–१० का किस्मन थारूलाई नियन्त्रणमा लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्