२२ असार २०८३, सोमबार

डिजिटल पेमेन्टलाई नि:शुल्क बनाउन सांसद डाँगीको माग

माघ २५, २०८१
काठमाडौं
डिजिटल पेमेन्टलाई नि:शुल्क बनाउन सांसद डाँगीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले डिजिटल पेटेन्टलाई नि:शुल्क बनाउन माग गरेकी छिन् ।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै डाँगीले सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भने पनि एक सय रुपैयाँको कारोबारमा १११ रुपैयाँ लिने गरेको बताइन् । 

‘सरकारले पटकपटक विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भन्दै आएको छ । तर १०० रुपैयाँको कारोबारमा एक सय ११ रुपैयाँ तिनुपर्छ,’ डाँगीले भनिन्, ‘सरकारले नीति परिवर्तन गरेर, कर हटाएर, पेमेन्ट कम्पनीलाई पनि मर्का नपर्ने गरी नि:शुल्क भुक्तानीको व्यवस्था गर्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्