२१ असार २०८३, आइतबार

भरुवा बन्दुकको गोली लागेर बालकको मृत्यु, २ जना पक्राउ

माघ २६, २०८१
बुटवल
भरुवा बन्दुकको गोली लागेर बालकको मृत्यु, २ जना पक्राउ

दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका– ३ ठुलासम्वामा भरुवा बन्दुकको गोली लागेर ८ वर्षका  बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा मृतक भुवनका दाजु १० वर्षीय शिशिर केसी र बन्दुक लोड गरी राख्ने ६२ वर्षीय मृतकका बाजे भूपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए ।

प्रहरी निरीक्षक रोकायका अनुसार घरमा लोड गरी राखेको भरुवा बन्दुक शिशिरले खेलाउने क्रममा शनिबार पड्किँदा भुवनलाई गोली लागेको थियो ।

प्रहरीले घटनास्थलबाट एक थान भरुवा बन्दुक, ४ वटा गोली, ३२८ थान छर्रासमेत बरामद गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्