०९ असार २०८३, मंगलबार
सहकारी ठगी प्रकरणको मुद्दा

छविलाल जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

माघ २८, २०८१
काठमाडौं
छविलाल जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

सहकारीको रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

सोमबार अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका ​स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले लोकान्तरलाई जानकारी दिए । 

‘पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको छ’, ज्ञवालीले भने । 

रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको भन्दै जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता भएको थियो ।

जोशी गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष एवं सञ्चालन हुन् भने लामिछाने प्रबन्ध निर्देशक हुन् । 

यसअघि रुपन्देही अदालतले लामिछानेसँग एक करोड रूपैयाँ धरौटी मागेका थियो । उनले अदालतले मागेको धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।

जोशीसँग यसअघि सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा काठमाडौं  जिल्ला अदालतले ५० लाख धरौटी माग्ने आदेश गरेको थियो । उनले अदालतले मागेको धरौटी बुझाएका थिए ।

जोशीविरुद्ध साहारा चितवन सहकरीको रकम अपचलनको समेत मुद्दा छ । 

सहकारी ठगीकै मुद्दामा रविलाई कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख र चितवनमा ५४ लाख धरौटी माग भएको थियो। उनले हालसम्म धरौटी मागेका सबै अदालतमा धरौटी बुझाइसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्