
८ करोड ६९ लाख १८ हजार ११९ को लागतमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ ।
विक्रम संवत् २०७९ माघदेखि निर्माण शुरू भएको भवन यसै महिना बनेको हो ।
रङ रोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई रु सात करोड ५९ लाख ६२ हजार ६८५ भुक्तानी भइसकेको छ ।
तीन तले उक्त भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ ।