३१ असार २०८३, बुधबार

कोशीका केही ठाउँमा हल्का हिमपातको सम्भावना, कस्तो रहला देशभरको मौसम ?

फागुन २, २०८१
काठमाडौं
कोशीका केही ठाउँमा हल्का हिमपातको सम्भावना, कस्तो रहला देशभरको मौसम ?
फाइल तस्वीर

हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

साथै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । 

आगामी २४ घण्टामा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्