
रसुवामा ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कालिका गाउँपालिका- १ राम्चेका मीन लामा तामाङ रहेका छन् । उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।