
काठमाडौं– सरकारले राजपत्रमा सुचना प्रकाशन गरी बालबालिकाहरुले खेल्ने खेलौनामा मापदण्ड तोकेको छ ।
मापदण्डमा गरुङ्गो धातु लगायत अन्य रसायनको प्रयोग गर्न नपाउने उल्लेख छ । मापदण्ड राजपत्रमा प्रकाशित भएको १८१ दिनबाट लागु हुने गरी तोकिएको मापदण्ड भन्दा बाहिरका खेलौनाहरुको नेपालभित्र आयात, भन्डारण, विक्रिवितरण, उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
खेलौनाहरुमा प्यारामिटरर्स, क्याडियम, लीड लगायत १२ वटा अति घातक तत्व तथा रासायन हुनेगरेको पाइएको छ । यी रसायनहरु सम्र्पकमा आउनाले बालबालीकाको शारीरीक, मानसिक र बौद्धीक विकासमा असर पु¥याइरहेको अवस्थामा सरकारले बनाएको मापदण्ड प्रभाकारी हुने स्वास्थ्य तथा वाताबरण प्रवद्धन केन्द्रले जनाएको छ ।
खेलौनाहरु स्वदेशमै निर्माण हुनुका साथै विदेशबाट पनि आयात गरिन्छ ।