
भारतको सहयोगमा उदरपुरस्थित श्री जनता बेलका माध्यमिक विद्यालयको भवन निर्माण भएको छ ।
आइतबार उक्त भवन कांग्रेस नेता डा नारायण खड्का, काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र उदयपुरस्थित बेलका नगरपालिकाका मेयर अशोक कार्कीले संयुक्त रूपमा उद्घाटन गरे ।
उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति थियो ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ३.७९९ करोड रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

