२८ जेठ २०८३, बिहीबार

चीनमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

फागुन ५, २०८१
काठमाडौं
चीनमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

दक्षिणपश्चिम चीनमा यस महिना पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने थप १९ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

फेब्रुअरी ८ मा सिचुआन प्रान्तको यिबिन सहरमा भारी वर्षाले विपत्ति निम्त्याएको राज्य सञ्चारमाध्यमले जनाएका छन् ।

पहिरोमा परी दुई जना घाइते, १० घर पुरिएको र १०० हेक्टर बाली नष्ट भएका काउन्टीका अधिकारीहरुले बताएका छन् ।

पहिरोको समयमा राज्य प्रसारक सीसीटीभीको भिडियो फुटेजमा उद्धारकर्मीहरूले टर्चहरू लिएर अँध्यारोमा भग्नावशेष खोजिरहेको देखाइएको छ ।

चीन हालैका महिनाहरूमा चरम बाढीको चपेटामा परेको छ । गत वर्ष बाढीमा दर्जनौंको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्