
झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
हल्दिबारी गाउँपालिका- ३ घर भएका २० वर्षीय सुशील लिम्बूको शनिबार राति करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुद्धशान्ति गाउँपालिका- १ नमूना बस्तीस्थित दामा खोलामा बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।