२२ असार २०८३, सोमबार

गरिमा विकास बैंकले वार्षिकोत्सवमा वितरण ग¥यो न्यानो कपडा

गरिमा विकास बैंकले  वार्षिकोत्सवमा वितरण ग¥यो न्यानो कपडा

काठमाडौं,७ मंसिर–  गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १० औं बर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको अवसरमा  विहीबार देशका विभिन्न ५ स्थानमा  न्यानो कपडा वितरण गरेको छ । 
काठमाण्डौंको पशुपति मन्दिर आसपासको सडकमा बस्ने अति बिपन्न व्याक्तिहरु, चितवन÷तनहुं जिल्ला अन्र्तगत देवघाटका विभिन्न आश्रममा बस्ने जेष्ठ नागरिकहरु, स्याङ्गजा÷पाल्पा जिल्लाको राम्दीधामस्थित आश्रम र पाखीचौर स्थित निम्बार्क सत्स आश्रममा बस्ने जेष्ठ नागरिक र म्याग्दी जिल्लाको गलेश्वरस्थित आश्रममा बस्ने जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । 
एक कार्यक्रमकाबीच पशुपतिनाथ मन्दिर क्षेत्रमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश कुमार उप्रेती, देवघाट धाममा विकास बैंकका पुर्व संचालक सिद्ध कुमार श्रेष्ठ, राम्दीधाममा वालिङ्ग नगरपालिकाका मेयर तथा विकास बैंकका पूर्व अध्यक्ष  दिलिप्रपताप खांण, पाखीचौर स्याङ्गजामा गल्याङ्ग नगरपालिकाका मेयर श्री भुपराज अधिकारी र गलेश्वर आश्रम म्याग्दीमा वेनी नगरपालिकाका मेयर तथा विकास बैंकका पूर्व संचालक  हरिकुमार श्रेष्ठले आश्रममा बस्ने जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रमको उद्घाटन गर्नुभयो । 
न्यानो कपडा वितरणसंगै विकास बैंकले ती आश्रमहरुमा बस्ने जेष्ठ नागरिकहरुलाई बिहानको खाना खुवाउने कार्यक्रसमेत सम्पन्न गरेको छ । पशुपतिनाथ मन्दिर परिसर स्थित आयोजित कार्यक्रमको अध्यक्षता विकास बैंकका अध्यक्ष  चन्द्रकान्त बरालले गर्नूभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष  बरालले विकास बैंकस्थापनाको १० औं बर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको अवसरमा देशका ५ स्थानमा यस किसीमको कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा समेत सामाजिक क्रियाकलापमा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । 
 विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले विकास बैंकले व्यावसायको विस्तारको तीब्रता संगसंगै यस्ता कार्यक्रममाप्राथमिकता दिदै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा संचालक डा. आनन्दप्रसाद श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर ४९ शाखा र १२ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै प्रदेश नम्बर १ का मोरङ्ग, झापा र सुनसरीमा गरि १० वटा शाखा कार्यालय स्थापना गर्दै छ । विकास बैंकले हाल करिब १६ अर्ब ५० करोेड निक्षेप संकलग गरि १४ अर्ब ६० करोड कर्जा लगानी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्