
थाइल्याण्डको बैंककमा एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । राजधानी बैंककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा बस दुर्घटना भएको बस एउटा थियो ।
१७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
‘ब्रेक फेल’ भएका कारण बस सडकबाट भीर हुँदै निकै तल खसेको त्यहाँको प्रहरीले जनाएको छ ।
बसमा ४९ जना सवार थिए । बाँकी घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ ।
थाइल्याण्डमा हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ ।