२२ असार २०८३, सोमबार

संसद्‌मा रामहरि खतिवडा– अमेरिकाले दिएको रकम दुरुपयोग गर्नेको नाम सार्वजनिक गरियोस्

फागुन २२, २०८१
काठमाडौं
संसद्‌मा रामहरि खतिवडा– अमेरिकाले दिएको रकम दुरुपयोग गर्नेको नाम सार्वजनिक गरियोस्

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले दिएको सहयोग दुरुपयोग गर्नेको नाम सार्वजनिक गर्न माग गरेका छन् । अमेरिकी सहयोग दुरुपयोग भएको भनेर नेपालको बदनाम गर्ने काम भएको भन्दै उनले श्वेतपत्र सार्वजनिक गर्न माग गरेका हुन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा खतिवडाले अमेरिकाले दिएको रकम दुरूपयोग गर्नेको नाम सार्वजनिक गर्न माग गरे ।

‘अमेरिकाले दिएको सहयोग दुरुपयोग भयो भनेर बारम्बार चर्चा परिचर्चा भएको छ, कति नेपालमा आएको हो ? क–कसले दुरूपयोग गरे श्वेतपत्र जारी गरियोस् । सारा नेपाललाई बदनाम गर्ने काम भएकोले सरकारले श्वेतपत्र जारी गरोस्’ खतिवडाले भने । 

अवैध रूपमा बसेको भनेर अमेरिकाबाट फर्काइएकालाई अमानवीय व्यवहार बन्द गर्नसमेत सरकारको ध्यानाकर्षण गराए ।

salt training

कमेन्ट गर्नुहोस्