
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको हो ।
परीक्षा फाराम भरे पनि सबै परीक्षार्थी सहभागी भने हुँदैनन् । विगतका वर्षमा पनि यस्तो देखिएको थियो । एसइई आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुँदै छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि केन्द्रबाट गरिने सम्पूर्ण तयारी पूरा भइसकेको छ । गोरखापत्रमा खबर छ ।