२५ असार २०८३, बिहीबार

अस्पतालबाट बुझेर लगेको शव सडकमा राखेर प्रदर्शन

चैत ३, २०८१
काठमाडौं
अस्पतालबाट बुझेर लगेको शव सडकमा राखेर प्रदर्शन

होलीको दिन छुरा प्रहारबाट हत्या गरिएका जनकपुरधाम उपमहानगरपालिका-२३ का १९ वर्षीय आँशु यादवको परिवार र स्थानीय आन्दोलित बनेका छन् ।

उनीहरूले जनकपुर–जलेश्वर सडकखण्ड ठप्प पारेपछि सवारी आवागमन समेत रोकिएको छ । आँशुका परिवारले हत्यामा संलग्न सबै आरोपीलाई पक्राउ गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । 

छाती र पेटमा छुरा प्रहार गरी आँशुको हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले पोष्टमार्टमपछि शव बुझेर गाउँमा लगेर प्रदर्शन गरेको बताए । 

उनले प्रदर्शनलाई रोक्न र पीडित पक्षलाई शान्तिपूर्ण छलफलमा आउन प्रहरीले सम्झाउने काम गरिरहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्