२२ जेठ २०८३, शुक्रबार

२० करोड बढी रकमसहित काठमाडौंबाट दुई जना पक्राउ

चैत ५, २०८१
काठमाडौं
२० करोड बढी रकमसहित काठमाडौंबाट दुई जना पक्राउ
फाइल तस्वीर

२० करोड बढी रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान एउटा ट्रकबाट उक्त रकमसहित चालक र अर्का एक जनालाई पक्राउ गरेको हो । 

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार बरामद रुपैयाँ गन्ने काम भइरहेको छ । 

प्रहरीले अपरान्ह दुई बजे पत्रकार सम्मेलनगरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए । 

बरामद रकम नेपालीसँगै विदेशी मुद्रासमेत रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्