२९ जेठ २०८३, शुक्रबार

तीन घण्टा ढिलो शुरू भयो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

चैत १०, २०८१
काठमाडौं
तीन घण्टा ढिलो शुरू भयो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुरू भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेपछि शुरू भएको हो । तोकिएको समयभन्दा करिब ३ घण्टा ढिलो बैठक शुरू भएको हो ।

बैठकमा राजावादीको गतिविधिसहित समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ ।

salt training

कमेन्ट गर्नुहोस्