२९ असार २०८३, सोमबार

चोरीमा संलग्न २ जना पक्राउ

चैत १०, २०८१
काठमाडौं
चोरीमा संलग्न २ जना पक्राउ

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित 'यो यो पार्टी प्यालेस' बाट पित्तलको पानससहित विभिन्न स्थानमा चोरी गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले चैत ८ गते सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारबाट चोरी भएको पित्तलको पानस र गाग्री सहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूमा अश्विन लामा  र सुवास तामाङ रहेका छन् । 

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत भक्तपुरबाट चोरी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको भक्तपुर प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्