३० असार २०८३, मंगलबार

क्यानडाका प्रधानमन्त्रीले भने- अमेरिकासँगको पुरानो सम्बन्ध सकियो

चैत १५, २०८१
काठमाडौं
क्यानडाका प्रधानमन्त्रीले भने- अमेरिकासँगको पुरानो सम्बन्ध सकियो

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध, जुन मूल रूपमा अर्थतन्त्रलाई एकीकृत गर्ने र सुरक्षा तथा सैन्य सहयोगलाई गहिरो बनाउने कुरामा आधारित थियो, त्यो अब समाप्त भएको बताएका छन् । 

राजधानी ओटावामा भएको मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर निर्णयले क्यानेडियालीहरूलाई आफ्नो अर्थतन्त्रमा पुनर्विचार गर्न बाध्य पार्ने बताए।

ट्रम्पले बुधबार आयातित सवारी साधन र सवारी साधनका पार्टपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । 

कार्नीले क्यानडा र संयुक्त राज्य अमेरिका बीचको १९६५ को अटोमोटिभ उत्पादन सम्झौतालाई अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण सम्झौता भएको बताए । तर यी शुल्कहरूसँगै यो सम्झौता हटेको उनको भनाइ छ । 

यद्यपि उनले ट्रम्पको कार्यालयबाट फोन वार्ताको तालिका बनाउने प्रस्ताव आएको बताए ।  दुई नेताहरू बीच चाँडै वार्ता हुन सक्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्