२५ जेठ २०८३, सोमबार

गृहमन्त्रीले तीनकुने क्षेत्रमा अनुगमन गर्ने

चैत १६, २०८१
काठमाडौं
गृहमन्त्रीले तीनकुने क्षेत्रमा अनुगमन गर्ने

गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने-कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन् ।

मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जनाएको छ । 

शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ ।

हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरूले तीनकुने लगायत आसपासका क्षेत्रमा कयौं घरहरू तोडफोड गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्