२९ असार २०८३, सोमबार

गणतन्त्र पक्षधर दलको बैठक: बाबुरामले दिए ३ सुझाव

चैत १७, २०८१
काठमाडौं
गणतन्त्र पक्षधर दलको बैठक: बाबुरामले दिए ३ सुझाव

प्रधानमन्त्रीको आह्वानमा आइतबार बसेको गणतन्त्र पक्षधर दलहरूको बैठकमा पूर्व प्रधानमन्त्री एवम् नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले तीन वटा सुझाव दिएका छन् । 

उनले पूर्वराजा ज्ञानेन्द्र शाहका हर्कतबारे छानबिन गरेर कारबाही गर्नुपर्नेसहितका ३ सुझाव दिएका हुन् । 

 सिंहदरबार बैठकबाट बाहिरिएका भट्टराईले चैत १५ गते काठमाडौँमा भएको घटना उनकै निर्देशनमा भएकाले उनलाई क्षमा दिन नसकिने बैठकमा आफूले धारणा राखेको सञ्चारकर्मीलाई बताए ।

यस्तै लोकतन्त्रको रक्षा गर्ने कुरामा  दलहरू एकताबद्ध हुनुपर्ने, व्यवस्था उल्ट्याउने हर्कतको विरुद्ध उभिनुपर्ने जस्ता सुझाव आफूले दिएको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्