
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।
बुधबार नेप्से परिसूचक २३.८६ अंकले बढेर २७००.०४ को विन्दुमा कायम भएको छ ।
यस दिन बजारमा १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रूपैयाँको कारोबार भएको छ ।
बुधबार विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
बोटल्स नेपाल बालाजुको सेयर मूल्य १० प्रतिशतले घट्दा यसका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
कारोबारका आधारमा सीइडीबी होल्डिङ्स लिमिटेड ३६ करोड ५५ लाख ५२ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।