
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा आज वयस्क भाले जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।
सीमा क्षेत्र नजिकै नेपाली भूमिमा हात्ती मृत अवस्थामा फेला परेको हो ।
हात्ती मृत फेला परेको घटनास्थलमा पशु चिकित्सकसहितको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली पुगेर जाँच र अनुसन्धानको कार्य गरिरहेको वडाध्यक्ष हरिसिंह धनाडीले बताए ।
बिहान हात्ती मृत अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले खबर गरेको उनले बताए । हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन ।
उनका अनुसार हात्तीको उमेर ८ देखि १० वर्षको रहेको छ ।
दुई महिनाअघि मात्रै लालझाडी गाउँपाालिकाको जाँइमा पनि हात्ती मृत फेला परेको थियो ।