२९ असार २०८३, सोमबार

इटहरीमा भेटियो दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी

चैत २१, २०८१
काठमाडौं
इटहरीमा भेटियो दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी

दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी प्रहरीले इटहरीमा फेला पारेको छ ।

उपत्यका प्रहरी कार्यालयले प्रसाईंले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी फेला पारेको हो ।

बागमती प्रदेशको बी एबी ४२०८ नम्बरको स्कोरपियो  इटहरीमा भेटिएपछि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनी इटहरी हुँदै भारत भागेको आशंका प्रहरीको छ । 

चैत १५ मा राजावादीले गरेको प्रदर्शनका जनकमान्डर प्रसाईं थिए ।

उनकै कमान्डमा गरिएको अराजक प्रदर्शनले २ जनाको ज्यान लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्