
मोरङमा स्रोत नखुलेको रकमसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- १५ का २४ वर्षीय रोहितकुमार साह छन् ।
उनलाई विराटनगर महानगरपालिका- ९ महेन्द्र चोकबाट स्रोत नखुलेको ७ लाख १५ हजार रुपैयाँसहित सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।