२१ असार २०८३, आइतबार

साथीकी पूर्वप्रेमिकालाई ‘ब्ल्याकमेल’ गर्ने अधिकारी पक्राउ

चैत २८, २०८१
काठमाडौं
साथीकी पूर्वप्रेमिकालाई ‘ब्ल्याकमेल’ गर्ने अधिकारी पक्राउ

सामाजिक सञ्जालमार्फत् युवतीको चरित्रहत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । 

अधिकारीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

सामाजिक सञ्जालमार्फत् चिनजान भई प्रेम सम्बन्धमा रहेकी पीडित युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि प्रेमीको साथीले दुरूपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी मानसिक तनाव दिई हैरानी दिने तथा अमर्यादित कार्य गर्ने गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो । 

कमेन्ट गर्नुहोस्