२२ असार २०८३, सोमबार

ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

चैत २८, २०८१
कास्की
ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

कास्कीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । 

पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा ग १६ प २०७५ नम्बरको स्कुटरलाई ना ५ ख ६२२२ नम्बरको ट्रकले बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही महानगरपालिका-१४ चाउथे बस्ने ५३ वर्षीय शिवराज कँडेलको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्