२२ असार २०८३, सोमबार

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

चैत २९, २०८१
काठमाडौं
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार दुर्गा प्रसाईंलाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । 

बिहीबार भारतको आसामबाट पक्राउ परेका उनलाई झापाबाट बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो ।

प्रसाईंलाई चन्द्रगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।  

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । 

त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको बताएका छन् । 

अब उनलाई सिधै जिल्ला प्रहरी परिसर काठमाडौं लगिने छ । उनीविरुद्ध राज्यविरुद्धको अपराध र संगठीत अपराधमा म्याद थप्ने तयारी छ ।

विमानस्थल परिसरमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति छ ।

salt training

कमेन्ट गर्नुहोस्