३१ असार २०८३, बुधबार

नेताको नेतृत्वशैलीले व्यवस्था बदलिए पनि अवस्था बदलिन सकेन- गगन थापा

बैशाख २, २०८२
काठमाडौं
नेताको नेतृत्वशैलीले व्यवस्था बदलिए पनि अवस्था बदलिन सकेन- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताको नेतृत्वशैलीले व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको बताएका छन् । 

बौद्धिक पेशाकर्मी परिषद्ले मंगलबार आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वशैली बदल्नुपर्ने बताएका हुन् । 

‘अहिले नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेका छन्, योग्यता र शुद्धता भएको नेतृत्वले अहिलेको समस्या समाधान गर्न सक्छ’, थापाले भने ।

सरकारले सेवा प्रवाह गर्न सक्नुपर्ने उल्लेख गर्दै उनले शिक्षक र सहकारी पीडितका समस्या समाधानमा जोड दिए । 

सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय समितिले सहकारी छानबिनसम्बन्धी प्रतिवेदन दिएको लामो समयसम्म पनि पाँच लाखभन्दा कम बचत गरेका सहकारी पीडितले बचत फिर्ता पाउन नसकेको बताउँदै उनले सेवाप्रवाह छिटो र चुस्त बनाउन पार्टीले सरकार एवं मन्त्रीहरूलाई अनुरोध गरिरहेको जानकारी दिए । 

‘सरकारलाई सही निर्णय गर्नुस्, रक्षा गर्छौं, गलत निर्णय गरे प्रतिरक्षा गर्न सक्दैनौं भनेका छौं । गभर्नर बिचौलियाले बनाउने होइन, प्रक्रियाबाटै बन्नुपर्छ, भन्ने धारणा राखेका छौं’, उनले भने । 

परिषद्का अध्यक्ष ध्रुवराज थापाले आर्थिक, सामाजिक र राजनीतिक हिसाबले देश अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै यस्तो अवस्थाको सुदृढीकरणमा नेतृत्वको ध्यान जानुपर्नेमा जोड दिए । 

कार्यक्रममा कोशी प्रदेश, अर्थ समितिका विज्ञ ध्रुव घिमिरे, गैरआवासीय नेपाली संघका राजेन्द्रकुमार राउत, खुला विश्वविद्यालयका डा. चिरञ्जीवी भट्टराईलगायतले सरकारले सेवाप्रवाह समयमा गर्न नसक्दा सेवाग्राही प्रभावित भएर असन्तुष्टि बढेकामा सत्तारूढ दलका नेताको ध्यान जानुपर्ने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्