
पर्सामा एक महिनाको अवधिमा विभिन्न मुद्दाका फरार ५५ जना प्रतिवादी पक्राउ परेका छन् ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत विभिन्न मुद्दामा जरिवाना भएका फरार रहेका ५५ जना प्रतिवादी पक्राउ परेका डीएसपी सुवास भट्टले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत प्रहरी इकाइबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले चैत १ देखि ३१ गतेसम्म उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई पर्सा जिल्ला अदालतमा बुझाएर अदालतको आदेश अनुसार कारबाही गरिएको प्रहरीले जनाएको छ ।