०३ साउन २०८३, आइतबार

गभर्नर नियुक्तिसम्बन्धी रिट न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा

बैशाख ७, २०८२
काठमाडौं
गभर्नर नियुक्तिसम्बन्धी रिट न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा

गभर्नर नियुक्ति विवादसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा पेशी चढेको छ ।

अधिवक्ता विशाल थापालगायतले दायर गरेको रिट अन्तरिम आदेशसम्बन्धमा सुनुवाइका लागि आइतबार पेशी चढेको हो ।

६५ वर्षे उमेर हदसम्बन्धी विषय समेटिएको मापदण्ड तत्काल कार्यान्वयन नगर्न न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

साथै, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने तयारीविरुद्ध पूरक निवेदन समेत परेको छ । 

पुरानो रिट र पूरक निवेदन दुवैलाई एकसाथ राखेर सुनुवाइ गर्ने तयारी भएको हो ।

तर, प्राथमिकताको निकै तल्लो श्रेणीमा परेकाले यस रिटमाथि आइतबार सुनुवाइ हुने सम्भावना भने कम छ ।
 

salt training

कमेन्ट गर्नुहोस्