३० असार २०८३, मंगलबार
मध्यरातमा दुर्घटना

कालीकोट ट्रयाक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु [अपडेट]

बैशाख ८, २०८२
सुर्खेत
कालीकोट ट्रयाक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु [अपडेट]
प्रतिकात्मक तस्वीर ।

कालीकोटमा गएराति भएको ट्रयाक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । 

ट्रयाक्टर चालक मुगुको खत्याड गाउँपालिका-५ कवाका अन्दाजी २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोटको पलाँता गाउँपालिका-४ का अन्दाजी २१ वर्षीय रविन्द्र विक, सोही ठाउँका अन्दाजी ३२ कर्षीया सदु बुढा र पलाँता-५ सल्लीकोटकी अन्दाजी २५/२६ वर्षकी अम्बा शाहीको दुर्घटनामा मृत्यु भएको हो । 

उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

गएराति करिब १२ बजेर १० मिनेटको समयमा पलाँता गाउँपालिका-९ थिर्पुदेखि पलाँता-४ छलतर्फ खाद्यान्न,खुद्रा सामान लैजाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर पलाँता-२ बुडाडाँडा नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्रयाक्टरको ट्रली र इन्जिनको भाग सडकभन्दा ५०० मिटर तल अप्ठेरो भिरमा अड्किएको छ । जहाँ प्रहरी समेत पुग्न सकेको छैन । 

मृतकहरूको शव भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो । 

दुर्घटनाको खबर प्राप्त हुनासाथ  इलाका प्रहरी कार्यालय थिर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा ४ जना र अस्थायी प्रहरी पोष्ट कहरदेवबाट प्रहरी वरिष्ठ हवल्दार गगन रावतको कमान्डमा ३ जनाको टोली राति नै घटनास्थल पुगेको थियो ।

यसैगरी, सदरमुकाम मान्मबाट राति १ बजे नै प्रहरी निरीक्षक गोविन्द प्रसाद चौधरीको कमान्डमा घटनास्थलतर्फ प्रस्थान गरेको ​ ७ जनाको टोली त्यहाँ पुग्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्