३० असार २०८३, मंगलबार

बैंकिङ कसुर मुद्दामा फरार एक जना सिनामंगलबाट पक्राउ

बैशाख ११, २०८२
काठमाडौं
बैंकिङ कसुर मुद्दामा फरार एक जना सिनामंगलबाट पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका-३ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ भंगाल बस्ने ३६ वर्षीय एक राज श्रेष्ठ रहेका छन् । 

उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार सिनामंगलबाट पक्राउ गरेको एसपी अंगुर जिसीले जानकारी दिए । 

काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पूर्जी जारी भएपछि उनी फरार भएका थिए । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको एसपी जिसीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्