०७ साउन २०८३, बिहीबार
टुंगियो शिक्षक आन्दोलन

शिक्षकको हकहितको लागि राज्य ८ अर्बको आर्थिक भार बेहोर्न तयार भयो : गृहमन्त्री

बैशाख १७, २०८२
काठमाडौं
शिक्षकको हकहितको लागि राज्य ८ अर्बको आर्थिक भार बेहोर्न तयार भयो : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले शिक्षकको हकहितको लागि राज्यले ८ अर्बको खर्च गर्न तयार रहेको प्रस्ट्याएका छन् । २९ दिनदेखि आन्दोलनरत शिक्षक महासंघसँग ९ बुँदे सहमति भएपछि पत्रकार सम्मेलन गर्दै लेखकले अब शिक्षकका माग सम्बोधन हुने क्रम शुरु भएको बताएका हुन् । 

'८ अर्ब बराबरको खर्च हुने स्थिति छ । तथापि शिर्षकको हक हितका निम्ति सरकार अगाडि बढेको छ । तपाईंरुको आन्दोलनले परिणाम आंशिक भए पनि प्राप्त भएको छ' लेखकले भने, 'विधेयकलाई ऐनका रूपमा बोकेर जाने भन्नुभएको थियो । तपाईँहरूले बोकेर लानु पर्दैन हामी नै पठाइदिन्छौं । विधेयकलाई ऐन बनाउने प्रमुख सचेतकको जिम्मामा छ । अब समयमै पारित गर्छौ ।'  

असार १५ गते प्रतिनिधिसभाबाट पारित गछौं भनेर ठुला दलका प्रमुख सचेतकले लिखित सहमति जनाएकोले कुनै द्विधा नराख्न उनले आग्रह गरे । 

'लामो समयसम्म शिक्षकले प्रदर्शन गरे पनि आन्दोलन कसरी गर्नुपर्छ भनेर सिकाएको पनि लेखकले बताए । शिक्षकले विद्यालयमा मात्र बुझाउँछ भन्ने थियो । तपाईँहरूले सडकमा पनि सिकउनुयभो । ८, १० हजार दिनहुँ सडकमा आउनुभयो । तर खिसिक्क, सडकमा केही भएन । शान्तिपूर्ण आन्दोलन कसरी गर्ने भनेर सिकाउनुभयो,' उनले भने ।

कमेन्ट गर्नुहोस्