२० असार २०८३, शनिबार

गैरआवासीय नेपाली संघको निर्वाचित कमिटीलाई राष्ट्रपतिको बधाई

बैशाख २३, २०८२
काठमाडौं
गैरआवासीय नेपाली संघको निर्वाचित कमिटीलाई राष्ट्रपतिको बधाई

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नव निर्वाचित कार्यसमितिलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् । 

सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट महेश श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । शीतल निवासमा भएको भेटमा अध्यक्ष श्रेष्ठले संघको निर्वाचनबारे जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र हाल देखिएको समस्या र विवाद समाधानमा अग्रसरता लिन संघको नेतृत्वलाई आग्रह गरेको संघका अभियन्ता गंगाधर गौतमले जानकारी दिए ।

गैर आवासीय नेपालीहरूलाई एक ढिक्का पार्न बाँकी रहेका विवाद समाधान गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले अपेक्षा व्यक्त गरेको र संघले विश्वभर रहेका सम्पूर्ण नेपालीलाई पुनः एकत्रित गर्न नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरेको अध्यक्ष महेश श्रेष्ठले बताए ।

राष्ट्रपतिले नेपाली जहाँ बसे पनि नेपाली नै भएको उल्लेख गर्दै आत्मीयताको भावना र राष्ट्रिय एकताको जग बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेको भेटमा सहभागी एनआरएनएका पदाधिकारीले जानकारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्