३० असार २०८३, मंगलबार

मिथिलामा जानकी नवमी मनाइँदै

बैशाख २३, २०८२
महोत्तरी
मिथिलामा जानकी नवमी मनाइँदै
जनकपुरधामको दूधमति नदीमा स्नान गर्नेको घुइँचो । तस्वीर : रासस

प्राचीन मिथिला क्षेत्रमा विभिन्न धार्मिक अनुष्ठानका साथ आज जानकी नवमी मनाइँदैछ ।  विदेह भूमि पनि भनिने मिथिलामा सीताको जन्म भएको विश्वासमा हरेका वर्ष वैशाख शुक्ल नवमीका दिन सीताजयन्ती मनाइन्छ ।

सीतालाई देशको राष्ट्रिय विभूति मानिएको छ ।   त्रेतायुगमा विदेह राज्यमा अनिकाल पर्दा राजाले हलो जोते पानी पर्छ भन्ने विद्वत्सभाको निर्णय अनुसार राजा जनकले खेत जोत्दा भूमिबाट सीता प्रकट भएकी विश्वास गरिन्छ ।

यसै विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी वा जानकी प्रकाट्य दिवसका रूपमा मनाउने गरिएको हो ।

महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका मठमन्दिरमा वैशाख शुक्लपक्ष सुरु भएसँगै जानकी प्रकट दिवस मनाउन थालिन्छ । यो पर्वमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरस्थित रामजानकी ब्रह्मचारी कुटी, बर्दिबासस्थित रामजानकी मन्दिर र कामेश्वरनाथ महादेव मन्दिर परिसरमा सीता जयन्ती नौदिने धार्मिक अनुष्ठा सम्पन्न गरिँदैछ । यहाँका सबै जसो मठमन्दिरमा सीताजीसम्बन्धी कथा वाचन, शोभायात्रा गरेर सीता जयन्ती मनाइने परम्परा छ । ​

बाल्यावस्थादेखि नै आफ्ना विशिष्ट गुणले आदर्श नारीको पहिचान बनाएकी सीताले विवाहपछि पनि मिथिलाको महिमा बढाएको रामायणसहितका पौराणिक ग्रन्थमा वर्णित छ ।

जानकी नवमी पर्व हिन्दू परम्परासँग जोडिएको भए पनि सीता विदेह भूमिकी छोरी भएकी हुँदा यहाँका सबै बासिन्दामा यस पर्वको भावनात्मक सम्बन्ध  छ । 

salt training

कमेन्ट गर्नुहोस्